-
इटहरी । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सफल बनाउनको लागि पूर्वका पर्यटन व्यवसायीहरूले चितवन र पोखरामा अन्तर प्रदेश प्रवर्धन कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीको आयोजनामा कार्यक्रमको शुभारम्भ गरिएको हो।
इटहरीबाट बुधबार बिहान पर्यटन व्यवसायीहरूको एक टोली चितवन र पोखराको अवलोकन भ्रमणमा निस्किएको हो। सुनसरी, झापा, धरान, भेडेटार लगायतका स्थानबाट करिब ३० जना पर्यटन व्यवसायीहरू सहभागी रहेको संघले जनाएको छ।
कार्यक्रम अन्तर्गत असार ५ गते बागमती प्रदेशको चितवनमा प्रदेशका पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिनेछ। सो अवसरमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल पारौं भन्ने नाराका साथ पूर्वको पर्यटन गन्तव्यहरूबारे जानकारी दिइनेछ।
यसैगरी असार ६ र ७ गते गण्डकी प्रदेशको पोखरामा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ। कार्यक्रमको उद्देश्य विभिन्न प्रदेशबीच पर्यटनको प्रवर्धन र सहकार्य विस्तार गर्नु रहेको आयोजकले जानकारी दिएको छ।
संघका अध्यक्ष तेजबहादुर पुरीका अनुसार, “चितवन र पोखरामा रहेका मुख्य पर्यटकीय स्थलहरूको अवलोकनसहित कोशी प्रदेशको पर्यटन सम्भावनाबारे जानकारी गराउने र अन्तर प्रदेश पर्यटन सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।”
News Desk 0 response बुधबार, असार ४, २०८२
उनले कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरू जस्तै भेडेटार, धरान, चतरा, कोशी टप्पु, रामधुनी, इलाम आदिको प्रवर्धनका लागि प्रचार सामाग्रीहरू समेत वितरण गरिने जानकारी दिए।
कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको समेत सहकार्य रहेको छ। आयोजकको विश्वास छ कि यस किसिमको अन्तर प्रदेश सहकार्यले पूर्वी नेपालका गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन टेवा पुग्नेछ।
संघका अनुसार आगामी दिनमा यस्ता प्रवर्धनात्मक अभियानलाई निरन्तरता दिइनेछ र कोशी प्रदेशलाई पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्दै पर्यटन वर्ष २०८२ भब्यरूपमा सफल हुने बिस्वास गरिएको छ ।
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





