-
इटहरी । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सफल बनाउनको लागि पूर्वका पर्यटन व्यवसायीहरूले चितवन र पोखरामा अन्तर प्रदेश प्रवर्धन कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीको आयोजनामा कार्यक्रमको शुभारम्भ गरिएको हो।
इटहरीबाट बुधबार बिहान पर्यटन व्यवसायीहरूको एक टोली चितवन र पोखराको अवलोकन भ्रमणमा निस्किएको हो। सुनसरी, झापा, धरान, भेडेटार लगायतका स्थानबाट करिब ३० जना पर्यटन व्यवसायीहरू सहभागी रहेको संघले जनाएको छ।कार्यक्रम अन्तर्गत असार ५ गते बागमती प्रदेशको चितवनमा प्रदेशका पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिनेछ। सो अवसरमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल पारौं भन्ने नाराका साथ पूर्वको पर्यटन गन्तव्यहरूबारे जानकारी दिइनेछ।
यसैगरी असार ६ र ७ गते गण्डकी प्रदेशको पोखरामा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ। कार्यक्रमको उद्देश्य विभिन्न प्रदेशबीच पर्यटनको प्रवर्धन र सहकार्य विस्तार गर्नु रहेको आयोजकले जानकारी दिएको छ।
संघका अध्यक्ष तेजबहादुर पुरीका अनुसार, “चितवन र पोखरामा रहेका मुख्य पर्यटकीय स्थलहरूको अवलोकनसहित कोशी प्रदेशको पर्यटन सम्भावनाबारे जानकारी गराउने र अन्तर प्रदेश पर्यटन सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।”
News Desk 0 response बुधबार, असार ४, २०८२
उनले कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरू जस्तै भेडेटार, धरान, चतरा, कोशी टप्पु, रामधुनी, इलाम आदिको प्रवर्धनका लागि प्रचार सामाग्रीहरू समेत वितरण गरिने जानकारी दिए।
कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको समेत सहकार्य रहेको छ। आयोजकको विश्वास छ कि यस किसिमको अन्तर प्रदेश सहकार्यले पूर्वी नेपालका गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन टेवा पुग्नेछ।
संघका अनुसार आगामी दिनमा यस्ता प्रवर्धनात्मक अभियानलाई निरन्तरता दिइनेछ र कोशी प्रदेशलाई पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्दै पर्यटन वर्ष २०८२ भब्यरूपमा सफल हुने बिस्वास गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२