-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले उनको यात्राको तयारी गरिरहेको छ । संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण फाइनान्सिङ फर डेभलपमेन्ट चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।
मन्त्रालयले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे हालसम्म औपचारिक रूपमा केही बताएको छैन । कुनै विशेष कारणले कार्यक्रममा फेरबदल नभएको स्थितिमा प्रधानमन्त्री ओली असार १५ मा स्पेन यात्राका लागि जाने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ । सम्मेलन स्पेनको सेविला सहरमा असार १६–१९ ९३० जुनदेखि ३ जुलाई सम्म हुँदै छ । सम्मेलनको समाप्तिपछि २० असारमा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार गरिँदै छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत रहने छिन् । भ्रमण दलका अन्य सदस्यहरूको भने अझै टुंगो लाग्न बाँकी छ ।संयुक्त राष्ट्रसंघद्वारा अतिकम विकसित र विकासशील देशहरूको विकासका लागि आर्थिक स्रोत तथा सुविधाहरू उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ । यसअघि सन् २००२, २००८ र २०१५ मा तीन वटा यस्ता सम्मेलनका आयोजना गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन, वित्तीय र व्यापार संस्थान, नागरिक समाज र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले विकासका लागि वित्तपोषण र बलियो अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विभिन्न सत्रमा छलफलमा सहभागी हुनेछन् ।
दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि वित्तीय स्रोत जुटाउन सम्मेलनले भूमिका खेल्ने जनाइएको छ । सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनसहित विभिन्न क्षेत्रीय वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहनेछ । युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता सहयोगी संस्थाहरूको उपस्थिति पनि सम्मेलनमा रहनेछ । नेपाल अतिकम विकसित राष्ट्र ९एलडीसी० समूहको अध्यक्ष हो । प्रधानमन्त्री ओलीले त्यहाँ नेपालसँगै अतिकम विकसित राष्ट्रका नेताका हिसाबले समेत प्रतिनिधित्व गर्नेछन् ।
News Desk 0 response मङ्लबार, असार ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२