-
सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको विषयमा आन्दोलन भइरहँदा मंगलबार लेखा अधिकृत कुटिएका छन् । नगरपालिका कार्यालय परिसरमै लेखा अधिकृत शत्रुधनलाल दास कुटिएका हुन् ।
दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । निलम्बित मेयर भीमराज यादवको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले बताए । ‘यादवले निर्देशन दिॅंदा ४ र ५ जनाले कुटपिट गरे, उनीहरुले सुनको सिक्री पनि खोसेका छन्,’ उनले भने ।
भ्रष्टाचार गर्न उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएको आरोप लगाउॅंदै नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसिरहेका निलम्बित मेयर यादवले भने कार्यवाहक मेयर इसरत परविन र कर्मचारी मिलेर आफूहरुलाई नै कुटपिट गर्ने प्रयास गरेको बताए । ‘हामी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका थियौं, प्रहरी लिएर आएका उनीहरुले जबरजस्ती ताल्चा फोडेर हामीमाथि कुटपिटको प्रयास गरे । सो क्रममा ९ नम्बरका वडाध्यक्षलाई पनि चोट लागेको छ,’ उनले भने, ‘निमित्तलाई जिम्मेवारीबाट हटाएर उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत नल्याएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि उनीहरुले आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्ना बसिरहेका छन् । ती विषय समाधान गर्न सोमबार दुवै पक्षबीच लामो समय छलफल हुँदा समेत टुंगो नलाग्दा विवाद बढ्दै गएको छ ।
एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि कुटपिट भएको विषयमा थप अनुसन्धान भइरहेको बताए । ‘अहिले तत्काल हामी माहोल शान्त पार्न लागेका छौं, कुटपिट भएको विषयमा थप अनुसन्धान पनि भइरहेको छ,’ उनले भने ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२