-
विराटनगर । गएको वैशाख ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय बमोजिम ४७ सहसचिवको एकैपटक सरूवा गरेको सूची सार्वजनिक गर्यो। नयाँ सूचीअनुसार सहसचिव रामचरित्र मेहताको सरूवा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा भयो। लगत्तै विराटनगर महानगर प्रमुख नागेश कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए।
मन्त्रालयले सहसचिवहरूको सरूवा गर्ने निर्णय गरेको (आज)मंगलबार ४९ दिन पूरा भएको छ। तर, विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत मेहता हाजिर हुन आएका छैनन्। महानगरका मेयर कोइराला आफैले फोन गरेर ‘म तपाईंलाई हाजिर गराउन सक्दिनँ, नआउनुहोला’ भनेका कारण आफू विराटनगर नगएको सहसचिव मेहताले बताए।
‘महानगर गएर मेयरसँगै मिलेर काम गर्नुपर्ने हो, मेयरले नआउनु भनेपछि म द्वन्द्व निम्त्याउने गरी नगएको हो,’ अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रहेका मेहताले भने, ‘मैले यहाँ मन्त्रीज्यू र सचिवज्यूहरूलाई पनि भनेको थिए।
संघीय सरकारले आफूसँग सल्लाह नगरी पठाएका कर्मचारीलाई हाजिर नगराउने मेयर कोइरालाको अडानले महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन अनिश्चित बनेको हो।
विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको अवकाशपछि रामप्रसाद ढुंगेल अहिले कामु प्रमुख प्रशासकीय अधिकृत छन्। उनी उपसचिव हुन्। संघीय सरकारले महानगरसँग कुनै परामर्श नगरी कर्मचारीलाई पठाएको भन्दै मेयर कोइरालाले मेहतालाई हाजिर गर्न नदिने बताएका थिए।
महानगर प्रमुख कोइरालाले तीन तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने संवैधानिक व्यवस्थालाई संघ सरकारले बेवास्ता गरेको बताएका छन्। स्थानीय तहलाई केही सोध्दै नसोध्ने शैली संघीयताको मर्मअनुसार थिएन,’ उनले भनेका छन्, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हामी हाजिर गराउँदैनौं भनेका थियौं, गराएका छैनौं।’ सहसचिव मेहताका अनुसार सरूवाको भोलिपल्ट अर्थात् वैशाख १० गते मेयर कोइरालाको सचिवालयबाट फोन आएको थियो।‘मेयर साबले तपाईंलाई हाजिर नगराउने भन्नुभएको छ, नआउनू होला,’ सचिवालयको भनाइ उदृत गर्दै मेहताले भने, ‘त्यसपछि भेरिफाइ गर्न मैले मेयरलाई नै फोन गरेँ। उहाँले विभिन्न कारणले गर्दा म तपाईंलाई हाजिर गराउन सक्दिनँ भन्नुभयो। मेरो मर्यादाले पनि त्यसपछि आउन दिएन। सहसचिव मेहता यसअघि इटहरी, इनरुवा नगरमा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२