सक्सेस अब्रोड स्टडी, इटहरी शाखाले एप्लिकेशन डेको आयोजना गर्ने भएको छ । २०८२ साल असार ६ गते शुक्रबार बिहान ९ बजे देखि कार्यक्रम संचालन हुने भएको हो । कार्यक्रममा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई तयारी कक्षामा शत प्रतिशत छात्रवृति प्रदान गरिने छ भने ५० जना विद्यार्थीलाई विशेष उपहारको व्यवस्था गरिएको छ । कार्यक्रमको दौरानमा विद्यार्थीहरूले अनुभवी परामर्शदाताहरू बाट जापानको अध्ययन प्रणाली, छात्रवृत्तिको अवसर, भिसा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष परामर्श लिन सक्नेछन्। साथै, सोही दिन तयारी कक्षामा भर्ना हुने विद्यार्थीहरूका लागि विशेष छुट तथा अन्य लाभदायक सुविधाहरू समेत उपलब्ध गराइने सक्सेस अब्रोड स्टडी इटहरीका शाखा प्रबन्धक, निर्देशक यादव पौडेलले जानकारी दिए । वैदेशिक अध्ययनको लागि जापान जान चाहने विद्यार्थीहरुका लागि विशेष दिन हुने विश्वास लिएको आयोजकले जनाएको छ ।। भाषा तयारी कक्षाको लागि एप्लिकेशन डेू मा भर्ना हुने विद्यार्थीहरुले विशेष अवसर पनि प्राप्त गर्न सक्ने छन् । यसैगरी अनुभवी परामर्श दाताद्वरा परामर्श लिई आफू जान चाहेको देश जापानको बारेमा बुझन सक्नेछन् । सक्सेस अब्रोड स्टडी, इटहरी शाखाले विगत लामो समयदेखि विद्यार्र्थीहरूलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे परामर्श सेवा प्रदान गर्दै आएको छ । विशेषतः जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम अत्यन्त लाभदायक हुने विश्वास आयोजक पक्षले लिएको छ ।