-
धनकुटा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा मल्टिमिडिया तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी तालिम धनकुटामा सञ्चालन भईरहेको छ ।
नयाँ नयाँ प्रविधि भित्रिय संगै संचार क्षेत्रमा आबद्ध सञ्चारकर्मीहरुका लागी उपयुक्त हुने भएकोले स्थानिय सञ्चारकर्मीहरुका लगी चारदिने एआई प्रविधीको तालिम संचालन गरेको हो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सञ्चालित तालिमको कोशी प्रदेशसभा सदस्य निरन राईको प्रमुख आतिथ्यतामा शनिवार उद्घाटन गरिएको थियो ।उक्त तालिममा एआइ प्रविधिको प्रभावकारी प्रयोगले पत्रकारितामा नयाँ युगको सुरुवात गर्ने विश्वास लिदै प्रविधीमा सबै अपडेट हुन सबै पत्रकार लाई तालिमले सहयोग पुग्ने प्रदेश सभा सदस्य राईले बताए ।

धनकुटा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक जीवन भण्डारीले तालिमको सहजीकरण गरेका छन् ।
तालिममा मल्टि मिडिया सामग्री निर्माण, डिजिटल पत्रकारिता, पछिल्लो समय प्रयोगमा आएको एआइ प्रविधिको उपयोगता सम्बन्धी सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको तालिम शनिबारबाट शुरू भएको उक्त तालिम मंगलबार समापन गरिने महासंघले जनाएको छ ।
News Desk 0 response सोमवार, जेष्ठ २६, २०८२
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२