-
खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका छन् । बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बु पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पु¥याउने बताएका हुन् ।
उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मुहान सफा गर्ने काम भइरहेको बताए । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको पनि बताए ।
कार्यक्रममा हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व हेल्मबु गाउँपालिकाको पनि भएको बताए । उनले काठमाडौं वासीले तिर्ने मेलम्चीको पानीको शुल्कमध्ये २५ प्रतिशत हिस्सा हेलम्बुका जनताले पनि पाउनु पर्ने माग गरे ।
कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए । उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिरी काम सकिएको र टनेल भित्र भएको लेदो माटो सफा गर्नका लागि सबै गेट खोल्ने तयारी भइरहेको जानकारी पनि दिए । उनले अबको ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने योजना अनुसार काम भइरहेको पनि बताए ।
मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेपछि आयोजनामा ठूलो पुगेको थियो ।
News Desk 0 response शनिबार, चैत्र १९, २०७८
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२