-
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
पार्टीको दवाव, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्न पार्टीले निर्देशन दिएको हो ।
निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्दघाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ मा भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, माघ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२