-
राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ ।
News Desk 0 response आइतवार, माघ २३, २०७८राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२