-
सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । निर्वाचनका लागि कम्तिमा नब्बे दिनको समय चाहिने जानकारी निर्वाचन आयोगले गरेपछि सरकार मिति घोषणाको तयारीमा जुटेको हो । सरकारले प्रस्ताव गरेकै जेठ चार गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा जुटेका हुन ।
यसका लागि उनले सत्ता साझेदार दल र सरोकारवालासँग परामर्श गरिरहेको सचिवालयले जनाएको छ । अव बस्ने मन्त्रिपरिषद बैठकवाट निर्वाचन मिति घोषणा गर्ने गरि तयारी भैरहेको बताइएको छ । सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचन मितिवारे निर्णय गर्ने बताइएको छ ।
स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले भने मतदाता नामाबली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका काम गरिरहेको छ । स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आगामी जेठ ५ गते सकिँदै छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२