-
साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा शनिबार पनौतीको त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना गरेका छन् । बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी शुक्रबार बेलुकी पनौती पुगेका थिए ।
प्रत्येक वर्ष माघ शुक्ल तृतीयाका दिन माधवनारायणका बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी पनौतीमा गएर बास बस्ने परम्परा छ भने भोलिपल्ट पनौतीको त्रिवेणीघाटमा स्नान गर्ने गर्छन । पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए । दोस्रो चरणको तीर्थ यात्राका क्रममा उनीहरु पनौती पुगेका हुन् ।
पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना गरिएको छ । तेस्रो चरणको तीर्थ यात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर पुग्ने छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२