• चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । राजधानी बेइजिङमा भब्य कार्यक्रमविच आज राती ओलम्पिकको उदघाट्न हुँदैछ । ओलम्पिकको उदघाटन समारोहमामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता सहभागी हुने बताइएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, भारत लगायतक केही देशले कुटनीतिक बहिस्कार गरेका छन ।

    मुुसलमानहरूले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमा राष्ट्रहरुले कूटनीतिक बहिष्कारको घोषणा गरेका हुन् । पश्चिमा राष्ट्रले ओलम्पिकमा खेलाडीहरू भने पठाएका छन् । ओलम्पिकमा ९० देशका करिब ३ हजार खेलाडीहरुले सहभागिता जनाउनेछन् । कोरोना महामारीकाबीच विशेष सावधानी अपनाएर ओलम्पिक आयोजना गरिएको हो ।

    सन् २ हजार ८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले १४ वर्षको अन्तरालमै शीतकालीन ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाएको छ । प्रतियोगिता फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछ । बेइजिङ ओलम्पिकमा नेपालले भने सहभागिता जनाएको छैन । पहिलो पटक सन् १९ सय २४ मा फ्रान्सको चेमोनिक्स सहरमा शीतकालीन ओलम्पिक भएको थियो । त्यसपछि दोस्रो विश्वयुद्धबाहेक हरेक चार बर्षमा प्रतियोगिता हुँदै आएको छ ।

4565