-
भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नं को मारुती भ्यान र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नं को ट्रिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुङ्गाना र उनको नौ वर्षीय छोरा निमेश ढुङ्गाना रहेका छन् । भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुङ्गाना र मृतककी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धिरमायाँ ओली घाइते भएका छन् ।
ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कार्यालयका अनुसार एकै परिवारका सवार भ्यानलाई ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२