-
कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको कास्कीको पर्यटकीय गाउँ सिक्लेस जाडो याममा हिउँ खेल्ने गन्तव्यका रूपमा पनि विकास हुने देखिएको छ । जाडो याममा लगातर पानी परेसँगै हिउँ पनि पर्न थालेसँगै यस ठाउँलाई जाडोको याममा पोखराबाट नजिकै रहेको हिउँ खेल्ने गन्तव्यका रूपमा विकास गर्न सकिने देखिएको हो । गुरुङ कला संस्कृतिको जीवन्त सङग्रहालय जस्तै बनेको सिक्लेसमा एक वर्षअघि हिउँ परेकोमा यस वर्ष पनि पुनः हिउँ परेको सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङग गुरुङले जानकारी दिए ।
दुई दिनयता लगातारको चिसोसँगै बिहीबार साँझदेखि पानी पर्न थालेकोमा आज बिहानदेखि हिउँ परेको उनले जानकारी दिए । पोखराबाट नजिकै रहेका कारण यस ठाउँमा हिउँ परेसँगै आन्तरिक पर्यटक पोखराबाट पुग्ने गरेका छन् । समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको उल्लेख गर्दै उहाँले वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमीलाई यो ठाउँले लोभ्याउने गरेको बताए । १५-२० दिनअघि गाउँमाथिको ऋषिङ डाँडासम्म हिउँ पर्दा हर्षित बनेका यहाँका स्थानीयवासी बिहानदेखि गाउँमा नै हिउँ फुसफुसाउन थालेपछि निकै खुसी बनेका छन् ।
लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँका रूपमा परिचित छ । यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न सकिन्छ ।
गाउँका बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिने यो ठाउँ मानव सभ्यता र संस्कृतिको ज्वलन्त उदाहरण जस्तै बनेको छ । गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि यहाँ पुग्ने गरेका छन् ।
त्यस्तै यहीबाट कफुचे हिमताल पुग्न सकिन्छ । सिक्लेसमाथिको कफुचे हिमतालसम्मका क्षेत्र हिउँ परेका कारण सेताम्य देखिँदा यहाँको सुन्दरता मनमोहक देखिएको छ । यहाँस्थित सिक्लेस ईको म्युजियमले आउने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । गुरुङ संस्कृतिको वेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रूपमा झल्काउने सामग्रीले सङग्रहालयको गरिमा र महत्व अझै बढाएको छ । सङ्ग्रहालयमा गुरुङ जातिका भेषभूषा तथा संस्कृतिको जानकारी गराउने सामग्रीका साथै यस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडिबुटी आदिलाई सङ्ग्रह गरेर राखिएको छ ।
सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षणसँगै जाडोको याममा समय समयमा पर्ने हिउँले यो ठाउँलाई पोखरा नजिकैको हिउँ खेल्ने गन्तव्यका रूपमा पनि देखाएको सिक्लेस होटेल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । “आज बिहान गाउँमा नै हिउँ परेपछि आएका पर्यटक पनि हर्षित बनेका छन्”, उहाँले भन्नुभयो, “अहिले गाउँमाथिको पार्कमा हिउँ परिरहेको छ, हिउँ खेल्नका लागि पर्यटक थपिन सक्ने अपेक्षा गरेका छौँ ।”
यहाँको पार्कबाट लमजुङ हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४ का साथै वरिपरिको पहाडी भू–भागको एक साथ दृश्यावलोकन गर्न सकिन्छ । सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास होमस्टे तथा होटल उपलब्ध छन् । सिक्लेससहित कफुचे हिमताल क्षेत्रसम्म गरी २६ वटा होटेल तथा २० वटा होमस्टे सञ्चालनमा आएको गुरुङले जानकारी दिए ।
पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरेकोमा अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् । गाडीबाट काँहुखोला, ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ ।रासस
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२