-
बाँकेको डुडुवा गाउँपालिकाका प्रमुखले ऐलानी जग्गामा आफ्ना नजिकका मान्छेलाईं बसोबासका लागि दिए पछि विवाद उत्पन्न भएको छ । सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नुपर्नेमा गाउँपालिका प्रमुख नै जग्गा हडप्न लागेको आरोप लागेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ कालाबन्जरमा ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले २ विगाहा जग्गामा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ । डुडुवा गाउँपालिकाले अस्थायी प्रबन्ध भन्दै प्रमुखका निकट व्यक्तिलाइ बसोबास गर्न दिएपछि विवाद उत्पन्न भएको हो । सरकारीस्तरबाट ऐलानी जग्गाको खोजी गरी संरक्षण गर्नुपर्नेमा अस्थायी व्यवस्थापनका नाममा जमिन भएका र अन्य मानिसहरुलाई उपभोग गर्न दिएर सरकारी सम्पतीको दुरुपयोग भएको स्थानीयले आरोप लगाएका छन् । ऐलानी जग्गामा व्यक्तिहरु आएर कब्जा गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिरएर रहेका मानिसलाई केही समयका लागि बस्न दिएको बताए पनि सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्य भएको बताउँछन् । उनले जमिन कब्जा हुन थालेपछि आफुहरुले स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिए पनि सुनुवाई नभएको गुनासो गरे ।
संरक्षण गर्ने निकाय नै यसरी विवादमा आएर ऐलानी जग्गामा व्यवस्थापनका नाममा कब्जा गर्न लगाएपछि यस्ता सरकारी सम्पत्ती कसले संरक्षण गर्ने डुडुवाका सचेत नागरिकले प्रश्न गरिरहेका छन् ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२