• कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्यावमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट सहित चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रवन्धक प्रशन्नकुमार झा, बिचौलिया रोशनकुमार छिट्टान, कान्तिपुर अस्प्तालबाट नागेन्द्र यादव र माधव मैनाली रहेका छन् । उनीहरुले वैदेशिक रोजगारमा जाने ब्यक्तिबाट तोकेभन्दा बढी रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेका थिए ।

    नक्कली पीसीआर रिपोर्टका लागि ८ हजार देखि १८ हजारसम्म रकम लिइएको पाइएको छ । दुवै अस्पतालको ल्याब रिपोर्ट बनाउन प्रयोग हुने कम्प्यूटर लगायतका उपकरण र अन्य कागजात समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

4565