• शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकिछिन् । बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समाग्री राख्दा दोहोरो आवतजावतमा कठिनाई भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकिहुन ।

    मन्त्री झाँक्रीको निर्देशन पछि केहि स्थानमा रहेका निर्माण सामग्रीलाई डोजर लगाएर काठमाडौं महानगरले हटाएको थियो । त्यस्तै उहाले जथाभावी पार्कीङ र फुटपाथका पसल पनि हटाउन निर्देशन दिईन । मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सहज रुपमा सवारी आवतजावत हुनुपर्ने भन्दै अतिक्रमण भएका फुटपातलाई खाली गराउने बताईन । त्यस्तै उनले फुटपात ओगटेर बिद्युत प्राधिकरणले बनाएको संरचनालाई पनि हटाउन छलफल सुरु गर्ने स्पष्ट पारिन ।

    मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि सडक र फुथपातलाइ खाली गर्न नियमित अनुगमन गर्ने दावी गरिन ।

4565