-
बससँग ठक्करखाँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गको हेटौंडा –१५ स्थित रातोमाटेमा बुधबार बस र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बसले पथलैथा तिर जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका–७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२