-
सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ को भगवानपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव स्वीकृत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल चितवनको भरतपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सुर्यविनायकमध्ये एक ठाउँमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ०४ पैसा कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । यसैगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्राडा मनप्रसाद वाग्ले र प्राडा इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।
नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन् । उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुखसमेत हुन् । यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ १८, २०७८
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२