• मकवानपुरको फरक फरक ठाउँमा भएको सवारी दुर्घटना भएको छ । पुर्बपश्चिम लोकमार्गको मनहरी गाउँपालिका ९ खरङ्गा र कान्तिलोक मार्गको मकवानपुर गढि गाउँपालिका १ कर्मे खोलामा भएको दुर्घटनामा मा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    पुर्ब पश्चिम लोकमार्गमा हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका १९ का ३० बर्षिय गुणसिंह वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार उदयपुर घरभएका २७ बर्षिय मुकेश परियार घाइते भएका छन् ।

    घाइते परियारको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक तथा चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ । यस्तै जन्ति बोकेको सुमो गढि– १ कर्मे खोलमा दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बकैया–४ बाट जन्ति बोकेर ठिङ्गन जादै गरेको ना १ ज १७५१ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मध्य तिन जनाको अवस्था गम्भिर रहेका उनिहरुको चुरेहिल अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

4565