-
प्याब्सनका अध्यक्ष टिका पुरीले अहिलेनै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा उहाले विकराल अवस्था आउनु भन्दा पहिला नै सबै मापदण्डको व्यवस्था गर्ने र नियमको पालन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको कार्य ढाँचा (निर्देशिका) लाई पुर्णरुपले विद्यालयले पालना गर्नुपर्ने उहाको भनाई थियो ।
उहाले धेरै विद्यार्थी भएका विद्यालयले दुई सिफ्टमा कक्षा संचालन गरेर र भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्नुपर्नेमा जोड दिनुभयो बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले १४ जिल्लालाई अति प्रभावित भएको र विद्यालय नजान गरेको अपिलप्रति उहाले आपत्ती जनाउनुभयो । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पालन गरे÷नगरेको अनुगमन र निरीक्षण सरोकारवाला निकायले गर्नुपर्ने उहाको भनाई छ ।
साक्षात्कारमा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राख्नुभयो । केही विद्यालयले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गरेको भएपनि केही विद्यालयले भने विद्यार्थीहरुलाई कोचाएर राखेको देखिएको उहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जस्तोसुकै अफ्ठ्योरो परिस्थिति र महाआपत्तिमा पनि शिक्षाबाट बालबालिका बन्चित हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता भएको बताउनुभयो । वस्तुस्थितिको सही मुल्याकंन गरेर सरकारले निर्णय गर्नपर्ने उनको भनाई थियो ।उहाले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सरकारले अन्यौलपुर्ण वातावरणलाई नराख्न समेत सरकारलाई आग्रह गर्नुभयो ।
News Desk 0 response शुक्रबार, बैशाख ३, २०७८
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२





