• नेपालमा बिहीबार थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ८८ पिसिआर परिक्षणका क्रममा ४ सय ९० र ५६४ वटा एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको छ ।

    गत २४ घण्टामा १ सय ५७ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ । हाल देशभर ४ हजार ३ सय ८४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोराना संक्रमण पहिचानका लागि २३ लाख २९ हजार ५४७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565