• स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीबाट आतंकित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को उद्घाटन गर्दै मन्त्री त्रिपाठीले कोरोनाका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको भन्दै नकारात्म सूचनाबाट भ्रममा नआउन आग्रह गर्नुभयो ।

    उहाले आतंकित हुनुभनेको कोरोना संक्रमणलाई बढावा दिनु भएको बताउनुभयो । उहाले बाहिर चर्चा चलेजस्तो लकडाउनमा जाने कुनै संभावना नै नरहेको स्पष्ट पार्नुभयो । उहाले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदमहरु चाल्न तयार रहेको र सवै आवश्यक पूर्वाधारको तयारी भइरहेको जानकारी दिनुभयो । उहाले स्वास्थ्य र शिक्षालाई सरकारले व्यवसायको रुपमा नलिएको बताउनुभयो ।

    बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीमा नाकामा चेकजाँच गर्ने, आवश्यक क्वारेन्टाइन र आइशोलेशन निर्माणमा सरकार जुटेको धारणा राख्नुभयो । उहाले अनुमानको भरमा कोरोना सम्बन्धी समाचार नलेख्न आग्रह पनि गर्नुभयो ।मन्त्री त्रिपाठीले चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोना खोप लगाउने अभियान बुधबारदेखि सुरु हुने पनि बताउनुभयो ।

4565