-
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको छ ।पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो ।
जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पनि पाइएको छ ।
मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ । अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२