• सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताउनुभएको छ ।शुक्रबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताउनुभएको हो । उहाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गर्नुभयो ।

    आफ्नो हातमा नतिजा नआए पनि आफुले निरन्तर परामर्श गरिरहेको जानकारी दिदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको तर्क गर्नुभयो । विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नव निर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने उहाले आशा व्यक्त गर्नुभयो ।

4565