• काठमान्डौको कान्तिपथस्थित ग्लोबल आइएमई बैकको एटीएम मेसिन फुटाउदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रकम लुट्न एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं प्रहरीले भारतको गोरखपुर घर भइ काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम लाई पक्राउ गरेको हो।

    शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा देखे पछि ड्युटीमा रहेको प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।

4565