-
काकाकुल अवस्थाका पाँचथरको कुम्मायक गाउँपालिकाका नागरिकलाई तमोरको पानी लिफ्ट गरी बितरण हुदै आएको छ । देशकै पंम्पीङ प्रविधिको ठुलो आयोजनाको उत्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले गरेका थिए । तर अहिले प्राविधिक समस्या देखा पर्न थालेपछि खानेपानी योजना संचालनमा चुनौति देखा परेको छ ।

गाउँपालिकाका ३ हजार ४३ घरधुरीलाई लक्षित संचालित खानेपानी योजनामा चुनौति देखा परेको छ । देशकै नमुना र पंम्पीङ प्रविधिको ठुलो योजनाको तामझामका साथ प्रधानमन्त्री केपी शर्मा वलीले उत्घाटन समेत गरेका थिए । तर अहिले योजनामा पंम्प, टान्सर्फमर र विद्युतमा समस्या भएपछि खानेपानी संचालनमा चुनौति देखिएको हो । उपभोक्ताको भान्सासम्म नियमित पानी पुग्न छोडेपछि उपभोक्ताहरुले गुनासो गर्न थालेका छन ।
खानेपानी योजनामा देखिएको चुनौतिको पहिचान गर्न खानेपानी बिभाग अन्तरर्गत रहेको सुख्खाक्षेत्र बिभागले पनि चासो दिएको छ । बिभागका प्रमुख अरुणकुमार सिंखडा सहितको प्राविधि टोलिले योजानाको अनुगम र निरिक्षण समेत गरेको छ । टोलिमा संघिय खानेपानी तथा व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरी, खानेपानी गुणस्तर परामर्शदाता डा. हरिप्रसाद पाण्डे लगायतको टोलिले प्राविधि समस्याको बिषयमा अध्यायन र अनुसन्धान गरेको छ । उपभोक्ताको भान्सासम्म खानेपानीको पहुँच पु¥याउँन उपभोक्ता समितिले टोलिलाई आग्रह गरिएको जनाएको छ ।
उपभोक्ता समितिले पंम्प र प्यानल बोडको क्षमता बृद्धि गर्न साथै सात वटा स्टेशनमा स्टेपलाइजरको व्यवस्था गर्ने, लगायत ६ शुत्रिय माग राखेको छ । तत्काल योजनामा देखिएका समस्याको बिषयमा बिभाग सकरात्मक देखिएको छ । खानेपानीको नियमित आपूत्तिलाई सहज बनाउँन प्राविधिक कठिनाइलाई समाधान गर्ने सुख्खाक्षेत्र बिभागले जनाएको छ ।

खानेपानीको लागि घण्टौ धाउँने गरेका सुख्खाक्षेत्रवासी तमोरको पानी भान्सासम्म आउँदा दंग छन । तर योजनामा देखिएको समस्याका कारण बिगतका दिन दोहोरिने हो की ? भन्ने चिन्तामा स्थानीयवासी छन । यो बिषयमा सम्बन्धित निकायले बेलैमा चासो दिनु आवश्यक छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२